नेपाल एयरलाइन्सले जेठ २ गतेदेखि काठमाडौँ–भैरहवा उडान गर्ने

काठमाडौँ । नेपाल एयरलाइन्सले आगामी जेठ २ गते काठमाडौँ–भैरहवा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गर्दै जेठ २ गतेदेखि काठमाडौँ–भैरहवा उडान गर्ने जनाएको हो ।

बुद्ध जयन्तीको अवसर पारेर जेठ २ बाट गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक रूपमा व्यावसायिक उडान सुरु हुने भएको छ । सोही अवसरमा नेपाल एयरलाइन्सले पनि उडान गर्न लागेको हो । यस दिन कुवेतबाट जजिरा एयरवेजले विमानस्थलमा उद्घाटन उडान गर्ने भएको छ ।

यस दिन ए ३२० न्यारो बडी जहाजले उडान गर्ने भएको छ । काठमाडौँबाट बिहान ६ बजे उड्ने यो जहाज भैरहवाबाट भने ८ बजे काठमाडौँका लागि उड्ने भएको छ । सर्वसाधारण यात्रुले पनि टिकट काटेर उडान गर्न पाउने भएका छन् ।

https://ujyaalonepalnews.com/archives/20030

Previous articleनिर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा कोइराला
Next articleमुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।