रत्ननगर- चितवनको रत्ननगर नगरपालिकामा मतगणना सुरु गरिएको छ । सर्वदलीय वैठकले विहान ८:१५ बाट मतदान सुरु निर्णय गरेको भएतापनि करिब २ घण्टा ढिला गरि बल्ल मतगणना सुरु भएको हो ।
रत्ननगरको वडा नं. १ बाट गणना कार्य सुरु गरिएको निर्वाचन अधिकृत विनोद कुमार गौतमले जानकारी दिए । जम्मा मतदाता ५२६४२ रहेकाे रत्ननगर नगरपालिकामा करिब ३९४१० मत खसेकाे खसेको छ । त्यसमध्ये वडा नं. १ मा २२९५ मत खसेको छ।
https://ujyaalonepalnews.com/archives/20034


