उज्यालो नेपाल, जेठ २– चितवनको रत्ननगर नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका कुल प्रसाद सापकोटा विजयी भएका छन् । सापकोटाले एमालेका शालिकराम पराजुली र माओवादी केन्द्रका युवराज पौडेललाई हराउँदै ९१६ मत प्राप्त गरेर विजय हासिल गरेका हुन् ।
सापकोटाका निकटम प्रतिद्वन्दी पराजुलीले ६८६ मत पाएका छन् । वडा नं. १ मा सापकोटाको प्यानल नै विजयी भएको हो । खुल्ला तर्फका सदस्यद्वय गिरिराज लम्साल र सूर्यविक्रम चौधरीले क्रमश ७५२ र ७२३ मत पाएका छन् । त्यस्तै महिला सदस्य उमादेवी पौडेलले ७८६ र दलित महिला सदस्य विन्दु मग्रातीले ८०९ मत पाएका छन् ।

https://ujyaalonepalnews.com/archives/20174


