रत्ननगर २ मा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी

रत्ननगर ०२ जेठ । चितवनको रत्ननगर नगरपालिका वडा नं २ मा पनि नेपाली कांगेसको प्यानल नै विजयी भएको छ । वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन घिमिरे निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्णप्रसाद डोटेललाई २६९ मतान्तरले पछि पार्दैघिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन ।

घिमिरेले ९२९ पाउदा डोटेलले ६६० मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्य खुल्लामा नेपाली कांग्रेसका नरेन्द्र श्रेष्ठ ८४८,संजिवप्रसाद पौडेल ८३६,महिला सदस्य रमा भट्टराई ८६६ र दलीत महिला सदस्य राधादेवी विश्वकर्मा ९३९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत विनोद कुमार गौतमले जानकारी दिए ।

सो वडामा १९०३ मत खसेको थियो । २०७४ सालको निर्वाचनमा पनि सो वडामा नेपाली कांग्रेसको प्यानलै विजयी भएको थियो ।

https://ujyaalonepalnews.com/archives/20185

Previous articleभरतपुरमा रेनुलाई पछि पार्दै एमालेका सुवेदीको अग्रता
Next articleमकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।