निजगढ नगरपालिकामा एमालेका प्रमुख, उपप्रमुख विजयी

बारा- बाराको निजगढ नगरपालिकामा नगरप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका सुरथ पुरीले नौ हजार ४७५ मत ल्याई विजयी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एवं निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका सुरेशकुमार खनालले आठ हजार ८२३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा एमालेकै सोममया थिङ आठ हजार ६५९ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी रविराज दङ्गालले आठ हजार ५१८ मत मात्र प्राप्त गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/20345

Previous articleमकवानपुरका दशपालिकामध्ये चारमा कांग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी
Next articleभारतीय कामदारले बर्षेनी १५ अर्बको हाराहारीमा रेमिटेन्स लग्दै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।