फौजी किराको प्रकोप फैलिएपछि रामपुरका किसान चिन्तित

पाल्पा । पाल्पाको रामपुरमा मकै बालीमा फौजी किराको प्रकोप फैलिएपछि किसानहरू चिन्तित हुनुभएको छ ।

हरियाली बनेको मकै खेतीमा किराले सताउन थालेपछि जति मेहनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने किसानहरूको चिन्ता छ ।

फौजी किराले सताएर मकै बाली नै सखापै पार्ने अवस्था रहेको कालिका कृषक समूहका अध्यक्ष कृष्ण रानाले बताउनुभयो ।

करिब तीन हप्ता अघिदेखि मकैमा किरा लागेर डाँठ, पात र गुभो खाएर बाली नै जोगाउनै मुस्किल परेको र बाली जोगाउन विषादी छर्कने गरे पनि नियन्त्रण भई नसकेको उहाँको गुनासो छ ।

रम्भा गाउँपालिका–१ सघाहका कृषक टङ्कराज कडरिया अघिल्लो वर्षभन्दा बढी मात्रामा यस वर्ष मकैमा किरा देखिन थालेको छ भन्नुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/20445

Previous articleडलरको सञ्चिती सन्तुलित अवस्थामा छ : अर्थमन्त्री शर्मा
Next articleरत्ननगरका मेयरको पहिलो निर्णय : दुधमा अनुदान,गरिबलाई स्वस्थ्य विमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।