कामपाले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने

काठमाडौं- काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ ।

कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।

नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ । केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।-

https://ujyaalonepalnews.com/archives/20512

Previous articleसुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
Next articleछात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा २ जना शिक्षकलाई पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।