नवयुग बने नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तान

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त भएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवाद अन्त्य नभएकाले किरण चेम्जोङसहित ती खेलाडी बिना नै राष्ट्रिय टोलीको घोषणा भएपछि नवयुग श्रेष्ठ नयाँ कप्तान तोकिएका हुन् ।

जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म कुवेतमा हुने एशियन कप छनौट खेल्न नवयुग श्रेष्ठको नवकप्तानीमा आज टोली कतान जान लागेको छ ।

नेपालले समूह ए अन्तर्गत आफू भन्दा निकै बलिया टोली कुवेत, जोर्डन र इन्डोनेशियासँग प्रतिस्पर्धा गर्नेछ । कुवेत जानुअघि राष्ट्रिय टोलीले करिब ११ दिन कतारमा अन्तिम तयारी गर्नेछ ।

नेपालले जेठ २५ गते जोर्डन, जेठ २८ गते कुवेत र जेठ ३१ गते इन्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ ।

हरेक समूहका शीर्ष टोली र पाँच समूहको उत्कृष्ट दोस्रो टोली २०२३ मा चीनमा आयोजना हुने एशियन कपमा छनौट हुनेछन् ।।

https://ujyaalonepalnews.com/archives/20632

Previous articleझापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै
Next articleखप्तड आउने पर्यटकका लागि आवास गृह बनेन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।