चितवनमा श्रीमतीलाई निर्घात कुटपिट, गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिए

चितवन – चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् ।खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिदिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ।

कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए ।

https://ujyaalonepalnews.com/archives/20698

Previous articleचितुवाको आक्रमणबाट बालकको मृत्यु
Next articleखर्च कटौती गरिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।