नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिने

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट आज (आइतबार) सार्वजनिक गर्दैछ ।
आजबस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । संविधानमा हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो । शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसमाथि संसदमा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निणर्यार्थ पेस गरिएको थियो ।
शनिबारै सभामुखले निणर्यार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो । राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।

https://ujyaalonepalnews.com/archives/20742

Previous articleचालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने
Next article६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।