तारा एअरको विमान दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ- तारा एअरको विमान केहीबेर अघि दुर्घटनामा परेको छ ।

पोखराबाट जोम्सोङतर्फ उडेको विमान दुर्घटनमा  परेको हाम्रा कास्की संबाददाता रमेश पौडेलले जानकारी दिएका छन ।

विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ ।

हाम्रा कास्कीस्थित अर्का संवाददाता परशुराम शर्माका अनुसार विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन ।

विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।।

https://ujyaalonepalnews.com/archives/20751

Previous articleगणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा
Next article१९ यात्रु बोकेर पोखराबाट जोमसोम उडेको तारा एअरको विमान सम्पर्कविहीन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।