आगामी आवको बजेट : वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाइने

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने बताएको छ । 

वैदेशिक रोजगारीका लागि नयाँ आकर्षक गन्तव्य मुलुक पहिचान गर्ने र वैदेशिक रोजगारीमा गएकालाई श्रमिकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गर्नुभयो ।

आर्थिक वर्ष २०७९/८० को प्रस्तुत गर्दै उहाँले वैदेशिक रोजगारीबाट आर्जन गरेको अर्थबाट सीपमूलक क्षेत्रमा लगानी गर्ने प्रोत्साहन गर्दै सातै प्रदेशमा बहुउद्देश्यीय तालिम केन्द्रको स्थापन गर्ने र कार्यस्थलमा कुनै पनि प्रकारको हिंसा हुन नदिने व्यवस्था भएको उल्लेख छ । 

बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/20779

Previous articleउद्योग स्थापनाका लागि सरकारी जग्गा ५० वर्षलाई लिजमा
Next article१० करोड बढीको बिजुली खपत गर्नेलाई छुटको व्यवस्था
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।