भूकम्पले भत्किएका सम्पदाको पुनः निर्माण आगामी वर्ष पूरा गरिने

काठमाडौँ । सात वर्षअघिको भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनः निर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आर्थिक वर्ष २०७९र८० को अन्त्यसम्ममा सम्पदा पुनः निर्माण सकिने लक्ष्य राखिएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति पुगेको थियो । तीमध्ये करिब ६०० सम्पदा पुनः निर्माण सम्पन्न भएको पुरातत्त्व विभागले जनाएको छ ।

पुनः निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अवधि गत वर्ष नै सम्पन्न भए पनि सम्पदा पुनः निर्माण भने अझै जारी छ । सम्पदा पुनः निर्माण अन्य भवन निर्माणजस्तो छिटो गर्न नसकिने भएकाले समय लागेको पुरातात्त्विक भनाइ छ ।

ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका सम्पदा स्थललाई उत्खननका कामलाई प्राथमिकताका साथ निरन्तर जारी राखिने बजेट वक्तव्यमा उल्लेख छ । संस्कृति र सभ्यतालाई प्रवर्द्धन गरी धार्मिक पर्यटकको आगमन बढाउने लक्ष्य पनि सरकारले राखेको छ ।

धार्मिक पर्यटनसमेत प्रवर्द्धन गरी आगामी आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ ।

https://ujyaalonepalnews.com/archives/20785

Previous articleस्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन 
Next articleअब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।