२५ जिल्लाका सुत्केरीलाई  एकमुष्ट पाँच हजार

काठमाडौँ । सरकारले मानव विकास सूचाङ्कमा पछि परेका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार पोषण खर्चको व्यवस्था गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका  विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार उपलब्ध गराउने जानकारी दिनुभयो । 

बजेटमा ज्येष्ठ नागरिकलाई एकीकृत स्वास्थ्य सेवा प्रदान गर्नका लागि थप २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । 

सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण गरेका, मिर्गौला डायलासिस गरेका, सबै किसिमका क्यान्सर र मेरुदण्ड समस्या भएका बिरामीलाई औषधि उपचारका लागि मासिक रु पाँच हजार उपलब्ध गराउन रु एक अर्ब ५० करोड विनियोजन गरिएको उहाँले बताउनुभयो । 

शिक्षक अस्पताल निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ । 

https://ujyaalonepalnews.com/archives/20828

Previous articleबजेटमा के आयो लुम्बिनीमा र?
Next articleप्रतिनिधिसभामा आगामी आवको बजेट टेबल, अर्को बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।