तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो

मुस्ताङ- पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिए उद्धारमा खटिएका नेपाली सेनाको टोलीले जानकारी दिएको छ । त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको र मौसमले साथदिए यात्रुहरुको शव पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ ।

पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा हिजोदेखिनै खोजी कार्य तिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।-

https://ujyaalonepalnews.com/archives/20878

Previous articleबजेटमा कर्णालीः कार्यक्रम राम्रो, कार्यान्वयनमा शङ्का
Next articleBreaking .. यस्तो अवस्थामा भेटियो हराईरहेको विमान ( तस्वीरहरु)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।