राष्ट्रिय महत्त्वका आयोजना अगाडि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको बैठकले राष्ट्रिय महत्त्व आयोजना सुरु गर्दा प्राथमिकताको आधारमा गुणस्तरीय रुपमा आयोजना अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले जनकपुर–जयनगर–कुर्था–बर्दिबास हुँदै निजगढ सम्मको निर्माणाधीन रेल पूर्वाधार आयोजनाको स्थलगत अनुगमन गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग रेल तथा मेट्रोरेल विकास आयोजनाको वर्तमान अवस्थाबारेमा समिति सदस्यहरूले जिज्ञासा गर्नुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/20935

Previous articleदिक्तेल बजार सडक ढलान सुचारु गर्न नगरपालिकाको अल्टिमेटम, ७ दिनभित्र नगरे कारबाही
Next articleसंसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।