नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त्यस्तै, ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर रु एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ । अन्य अरू सबै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लाग्दा बैङ्किङ २९.०१, व्यापार ३३.१५, होटल तथा पर्यटन ३४.३३, विकास बैङ्क ५४.२६, जलविद्युत् ३०.८७, वित्त २४.११, निर्जीवन बिमा २३६.४२, उत्पादन ४०.०८, अन्य २६.६७, लघुवित्त ७४.७२, जीवन बिमा ७१.८४ र लगानी ०.८२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा एनआइसी एसिया बैङ्क शीर्ष स्थानमा छ । सो बैङ्कको रु पाँच करोड ३७ लाख ९८ हजार ८०० बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैङ्क रु तीन करोड ९८ लाख ५२ हजार ८०३, हिमालयन डिस्टिलरी रु तीन करोड ६८ लाख २२ हजार ८२०, लाइफ इन्स्योरेन्स कर्पोरेसन रु तीन करोड १३ लाख ३३ हजार ६९३ र नागरिक लगानी कोष रु तीन करोड दुई लाख २६ हजार ४४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, उपमकार लघुवित्त ८.२३, एनएमबी पचास ४.१०, सामलिङ पावर कम्पनी ४.०२, एनआइसी एसिया ग्रोथ फण्ड ३.७३, र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ३.३५ प्रतिशतले कमाए । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैङ्क ९.९८, एनएलजी इन्स्योरेन्स कम्पनी ६.५०, कर्पोरेट डेभलपमेन्ट बैङ्क ५.७५, मल्टीप्रपोज फाइनान्स कम्पनी ५.३८ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाए । रासस

https://ujyaalonepalnews.com/archives/20959

Previous articleऊर्जाका कार्यक्रम कार्यान्वयनका लागि संरचनागत सुधार जरुरी
Next articleइपानद्वारा आगामी आवको बजेटको स्वागत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।