
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गरिरहनु भएको छ ।
बैठकमा एमाले सांसद लालबाबु पण्डितले विकासका अधुरा योजना पूरा गर्न बजेट पर्याप्त नभएको बताउनुभयो ।
बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङदेनले बजेट आर्थिक सङ्कटलाई रोक्नेतर्फ उन्मुख नभई आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो ।
छलफलमा सांसद हृयेश त्रिपाठीले किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्छ भन्नुहुँदै किसानलाई पेन्सन दिने आधार के ? भनेर प्रश्न गर्नुभयो ।
त्यसैगरी सांसद प्रदीप यादवले बजेटमा मधेस प्रदेश ठगिएको बताउनुहुँदै हुलाकी राजमार्गका लागि छुट्याइएको बजेटमा पुनर्विचार गर्न सुझाव दिनुभयो ।
बैठकमा सांसद दुर्गा पौडेलले बजेटमा विदेशीहरूलाई अपार्टमेन्ट किन्न छुट दिने कुरा राख्न नमिल्ने बताउनुभयो ।
बैठकमा सांसदहरू पद्मनारायण चौधरी, निरादेवी जैरु, रंगमती शाही, टेकबहादुर बस्नेत, गोपालबहादुर बम, सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मीकुमारी चौधरी, लिलादेवी सिटौला र सुजन किराँतीलगायतले आर्थिक वर्ष २०७९र०८०को बजेटमाथि धारणा राख्नुभयो ।
https://ujyaalonepalnews.com/archives/20996


