चितवनका आमाछोरी पोखरामा मृत फेला

0
45

पोखरा । पोखराको सिर्जनाचोकमा आमाछोरी बुधबार (हिजो) मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सिर्जनाचोक नजिकै जयनेपाल मार्गमा डेरा गरी बस्दै आएकी शुशिला शर्मा खतिवडा र उनकी छोरी सोनिका मृत अवस्थामा फेला परेका हुन् ।

मध्यान्ह पौने १२ बजेतिर चितवन रत्ननगर नगरपालिका १३ घर भएकी ३६ वर्षीया शुशिला झुण्डिएको अवस्थामा फेला परेकी हुन् भने ७ वर्षकी छोरी ओछ्यानमै मृत भेटिएकी हुन् । शुशिलाले पंखाको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको र छोरी विस्तारामा मृत अवस्थामा रहेको खबर स्थानीयबाट प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो ।

आमाछोरीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र घटनाबारे थप कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने डिएसपी तिवारीले बताए ।

४० बर्षिय सञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमती सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ । बच्चाको शव सलले घाँटी बेरिएकै अवस्थामा भेटिएको थियो । शुरुमा बच्चालाई विष खुवाइएको जस्तो र त्यसपछि सलले घाँटी कसेर मारेको देखिने श्राेत बताउँछ । संजय कामको शिलशिलामा पोखरा बाहिर रहेका बेला घटना भएकाे हाे ।

https://www.ujyaalonepalnews.com/archives/21020

Previous articleजनताले बजेट बुझेकाले कार्यान्वयन हुन्छ: अर्थमन्त्री शर्मा
Next articleराष्ट्रपति काजी कालु पाँडेको समाधिस्थलमा