तामाकोसी किनारमा पुरुषको शव फेला

0
48

दोलखा- दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिनुभयो ।

तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्लामा कोही हराएको या सम्पर्कविहीन भएका बारेमा जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी नपरेको र कोही व्यक्ति हराएको भएमा प्रहरीमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

https://www.ujyaalonepalnews.com/archives/21041

Previous articleपर्वतका सातवटै स्थानीय तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी
Next articleगाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’