
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले नागरिकका जीवनसँग प्रत्यक्ष जोडिएका वस्तुको मूल्यवृद्धिप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बडुले विद्युत् महसुलमा सहुलियत दिने, एक घर एक विद्युतीय चुल्हो कार्यक्रम कार्यान्वयन गर्ने, बढी विद्युत् खपत गर्ने उद्योगलाई छुट दिने, बजार अनुगमन कार्यलाई नियमित बनाउने लगायतका प्रभावकारी कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री बडुले रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको भन्नुहुँदै भारतमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने र घट्दा नेपाल पनि घट्ने गरेको बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/21106


