सिन्धुपाल्चोकको लागि २ अर्ब ८५ करोड २७ लाखको बजेट

सिन्धुपाल्चोक । सङ्घीय सरकारमार्फत सिन्धुपाल्चोक जिल्लाको लागि केन्द्रबाट २ अर्ब ८५ करोड २७ लाखको बजेट छुट्टाइएको छ ।

सङ्घीय सरकारको आर्थिक वर्ष २०७९/ ०८० विनियोजित बजेटबाट १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाको सबैभन्दा बढी बजेट पाएको छ । उसले ६५ करोड ६८ लाख पाउँदा भोटेकोशी गाउँपालिकाले जम्मा २६ करोड ८ लाख प्राप्त गरेको छ ।

यसैगरी मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसंखुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेका छन् ।

सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख, इन्द्रावती गाउँपालिकाले ४४ करोड ८ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड १ लाख र हेलम्बु गाउँपालिकाले ३० करोड पाएका छन् ।

https://ujyaalonepalnews.com/archives/21119

Previous articleबैंकिङ कसूरमा पक्राउ
Next articleरत्ननगर अस्पतालले आईतबार पनि ओपिडि सेवा संचालन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।