वराहक्षेत्र–धरान सडक कालोपत्रे हुने 

सुनसरी ।  सुनसरीको वराहक्षेत्र बाङ्गे नडाहा हुँदै धरान कच्ची सडक कालोपत्रे हुने भएको छ । 

सडक डिभिजन कार्यालय विराटनगरमार्फत उक्त सडक कालोपत्रे गर्ने जिम्मेवारी पिआर इन्फाएटचर काठमाडौँले पाएको छ । 

उक्त सडक कालोपत्रेका लागि सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको विशेष पहलमा निर्माण प्रक्रिया अगाडि बढेको हो ।

सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले २० करोड ७० लाख ६८ हजार बजेट विनियोजन गरेको र उक्त सडक कालोपत्रे भएसँगै सुनसरी क्षेत्र नं १ र क्षेत्र नं ४ लाई सहज रूपमा जोड्ने सकिने छ । 

सडकको ६ किलोमिटर लम्बाई र ७ मिटर चौडाइ रहने छ । उक्त योजनामा ४ वटा कल्भट, ३ वटा स्लाप कल्भट समेत निर्माण हुनेछ ।

https://ujyaalonepalnews.com/archives/21222

Previous articleचितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
Next articleसार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।