केशलिया कोरिडोर निर्माण हुने

विराटनगर ।  प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको  विशेष पहलमा केशलीया कोरिडोर निर्माण हुने भएको छ । 

सङ्घीय सरकारले केसलीया कोरिडोर निर्माणका लागि आगामी आर्थिक वर्ष २०७९÷०८०) को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेको छ ।

केशलिया खोला  मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जु गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो । नदीको दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्ती संरक्षण गर्न सङ्घीय सरकारबाट बजेट विनियोजन भएको हो  । 

कोरिडोर निर्माण अन्तरगत प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिपिआर तयार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरिसकेको छ ।

विराटनगर महानगरले पनि केशलीयामा तटबन्ध निर्माण गरी तटबन्ध गर्ने बताउँदै आएको थियो । बजेट विनियोजनसँगै कोरिडोर निर्माणको काम अघि बढ्ने आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताउनुभयो  । 

“विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि व्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ ।”, मन्त्री कार्कीले भन्नुभयो, “त्यसको लागि डिपिआरको काम अघि बढेकाले केशलिया कोरिडोरका लागी चाडै काम सुरु गर्छौँ ।”

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लैजाने भएको छ  । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै व्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्ने छ ।

मन्त्री कार्कीले कोरिडोर निर्माणका लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद नेपाल भ्रमणमा रहँदा छलफल गर्नुभएको थियो ।  

यस्तै, योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो लगायतसँग पनि अवलोकनसहित कोरिडोर निर्माण गर्नका गहन छलफल भएको थियो । वर्षेनी केशलिया र सिंगिया खोलामा आउने बाढीका कारण महानगरपालिका क्षेत्र प्रभावित हुने गरेको छ । महानगरपालिकाका टोल बस्ती जोगाउन यी दुवै खोलामा दिगो तटबन्ध आवश्यक छ । 

https://ujyaalonepalnews.com/archives/21237

Previous articleमधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, शिक्षा, स्वास्थ्य, कृषिमा जोड
Next articleपुँजी बजारमा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।