Home Uncategorized गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ । 

मङ्गलवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो प्रदेश सरकारको पाँचौँ नीति तथा कार्यक्रम हो । यस अघिको नेकपा एमाले नेतृत्वको सरकारले चार ओटा नीति तथा कार्यक्रम ल्याएको थियो । वर्तमान सरकारले भने यो पहिलो पटक नीति तथा कार्यक्रम पेश गर्न लागेको हो । 

प्रदेश सरकारले आगामी बजेटमा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको बुझिएको छ । निर्माणाधीन अवस्थाका विकास योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/21292

Previous articleजुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने
Next articleजनकपुरमा वालकको शव फेला पर्‍यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।