रत्ननगर टाँडी चोक नजिकै जन्ती बस दुर्घटना,१७ जना घाइते

रत्ननगर, जेठ २५
चितवनको रत्ननगरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । रत्ननगरको टाँडी बजार नजिकै ना ५ ख ६४३ नम्बरको बस दुर्घटना भएको हो ।

गायत्री हरिहर मन्दिरबाट जन्ति लिई खैरहनीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ ।

घाइते मध्य १२ जना सामान्य उपचार पछि घर फर्किएका र ५ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरिले बताएको छ ।

https://ujyaalonepalnews.com/archives/21356

Previous articleगौरीशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन जोडियो
Next articleकिन देखियो राष्ट्रिय गौरवका आयोजनामा समस्या   
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।