रत्ननगर- चितवनको रत्ननगरमा रोकिराखेको ट्रकमा स्कारपियो ठोक्किएको छ । बिहिबार विहान करीब ४ बजे रत्ननगर ३ बेल्सी पुल नजिक रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट विआर ०५ पिए ९९७४ नम्बरको स्कारपियो ठोक्किएको हो ।
दुर्घटनामा स्कारपियोमा सवार पाँच जना घाइते भएका छन् । घाइते हुनेमा स्कारपियो चालक बारा कलैया उपमहानगरपालिकाका ४२ बर्षिय राजिव कुमार कुर्मी,स्कारपियोमा सवार सोही ठाँउका रामबाबु शाह,सोही ठाँउका ६१ बर्षिय महमद बाबु खान,४० बर्षिय शिलादेवि शाह र बारा महागढीमाई नागरपालिका १० का ३२ बर्षिय रामजी प्रसाद शाह रहेका छन् ।
उनिहरु सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय टाँडीका नियन्त्रणमा रहेको छ । यसअघि हिजो मात्र रत्ननगरको लौरीघोलमा जन्ती बस दुर्घटना हुँदा १७ जना घाईते भएका थिए।
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/21379


