रु ५०० ले बढ्यो सुनको मूल्य

0
62
file photo

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो ।     

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । 

https://www.ujyaalonepalnews.com/archives/21392

Previous articleनेप्से परिसूचक ६० अङ्कले बढ्यो       
Next articleअनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह