नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

चितवन- सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित तोपे खोलामा आज विहान सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम सुरु भइरहेको चितवन प्रहरीले जनाएको छ । बुधबार राति नै खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड हिजो दिउँसोबाट संचालनमा आएको थियो । तर अत्यधिक सवारी चापले राजमार्ग आजसम्म पनि अस्तव्यस्त बनेको छ ।-

https://ujyaalonepalnews.com/archives/21432

Previous articleसडक भासिएको स्थानमा दुई पुरुषको शव फेला
Next articleघाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।