कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली।कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । दुई दिनसम्म प्रदेशसभामा छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रदेशसभाको १०औँ अधिवेशनको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिनुभएको थियो । त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/21457

Previous articleतीन झोलुङ्गे पुलको निर्माण सम्पन्न
Next articleपाँच वर्षमै फेरियो गाउँको मुहार : एउटा गाउँमा आठवटा सडक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।