पूर्वमन्त्री मिथिला चौधरीको निधन

काठमाडौं- पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।

मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त)को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

https://ujyaalonepalnews.com/archives/21467

Previous articleपर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित
Next articleकनकासुन्दरीमा १ करोड लगानीमा ‘नागराज लोकमार्ग’ निर्माण हुँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।