सरकारी कार्यालयहरुमा भोलिदेखि पुरानै समय र विदा कायम हुँदै

काठमाडौं- भोलीदेखि सरकारी कार्यालयहरुको कार्यालय समय पुन: १० देखि ५ बजेसम्म कायम हुने भएको छ । गृहमन्त्रालयले एक विज्ञाप्ति मार्फत असार १ गतेबाट साताको दुई दिन विदा हटाएसँगै कार्यालय समय पुनः १० देखि ५ बजेसम्म गरिएको जानकारी गराएको छ ।

जेठ महिनाभर परिक्षणको रुपमा साताको दुई दिने विदा लागु गरिंदा कार्यालय समय विहान ९.३० देखि ५.३० सम्म कायम गरिएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि पुनः पुरानै कार्यालय समय कायम गरिएको हो ।-

https://ujyaalonepalnews.com/archives/21559

Previous articleनारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालन
Next articleपर्वतमा कागतीखेती अभियान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।