रोल्पा र रुकुममा आज भूम्या पर्व मनाईंदै

रोल्पा- रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व बिहिबार मनाइँदैछ ।

विशेषगरी मगर समुदायले मनाउने यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ ।

यो पर्वमा विशेषगरी जमीनको पुजा गरिन्छ । वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमीको पुजा गर्ने हो भने भूमि देवता खुसी भएर प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्वको सुरुवात गरिएको हो ।

यो पर्वमा युवा युवती, बुढाबुढी हजारौं व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिने भएपनि यस वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम राखिएको छैन् ।

वसन्त ऋतुमा विवाह गर्ने जोडिको दाम्पत्य जीवन सधैं सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न यो पर्वको शुरुवात गरिएको मगर अगुवाहरुको भनाई छ । भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ ।।

https://ujyaalonepalnews.com/archives/21610

Previous articleयस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
Next articleसुदूरपश्चिमका ९ मध्ये ८ जिल्ला समन्वय समितिमा कांग्रेस विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।