Home Uncategorized मेयर बालेन्द्र शाहले पत्रकारमाथि दुर्व्यवहार गरेकोमा महासंघको ध्यानाकर्षण

मेयर बालेन्द्र शाहले पत्रकारमाथि दुर्व्यवहार गरेकोमा महासंघको ध्यानाकर्षण

काठमाडौं– समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ ०० बजे त्यहाँ पुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।

‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ महासचिव रोशन पुरीले भन्नुभएको छ, ‘महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

https://ujyaalonepalnews.com/archives/21627

Previous articleमधेश प्रदेश: बजेट भौतिक पूर्वाधारमा केन्द्रित
Next articleप्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।