काठको पुलबाट खसेर महिलाको मृत्यु

डोटी- डोटीमा पुलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाँउ पालीका वडा नं. ६ का रलु खडायत की १८ बर्षिया छोरी ढुल्लु अधिकारीको काठको पुलबाट खसेर मृत्यु भएको हो ।

हिजो बिहान आदर्श-६ गिरिचौकाको बबिना देखि सिगास गाउँपालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिनुभयो । पुलबाट सेतीमा खसेकी उनको शव पुल नजिकै फेला परेको छ ।

गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श-६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो ।

दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसँग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।-

https://ujyaalonepalnews.com/archives/21685

Previous articleजापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्‍वारा स्वीकृत
Next articleखेतमा हाल्ने मल छैन, भक्तपुरका किसानलाई धान रोप्ने चटारो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।