मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ- दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर राप्ती गाउँपालिका-५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

घरबाट तानिएको तारमा करेन्ट प्रशारण हुदा चौधरीलाइ करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उपचारको लागि लमही अस्पताल लगिएको र मृत्यु भएको पुष्टि चिकित्सकले गरेका थिए ।-

https://ujyaalonepalnews.com/archives/21693

Previous articleताप्लेजुङ पहिरो अपडेटः २ जनाको मृत्यु, ३० परिवार बिस्थापित
Next articleचिनी अभाव नहुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।