सिप सिकेर स्वरोजगार बन्दै सल्यानका युवा

सल्यान । सल्यानका युवा सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । 

जिल्लाको शारदा नगरपालिका भित्रका युवायुवतीहरू सिप सिकेर स्वरोजगार बन्न थालेका हुन ।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिकेको शारदा नगरपालिका–९ की गङ्गा बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो “सिप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।” गाउँमा बसेर सिप नसिक्दा बेरोजगार बन्नुपरेको पिडालाई सम्झँदै उहाँले हातमा सीप भएपछि अब व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने योजना बनाएको बताउनुभयो । 

शारदा नगरपालिकाले गुडिया बनाउने र बाँसका सजावटका सामाग्री निर्माण सम्बन्धी तालिम प्रदान गरेको छ । 

तालिमबाट सिकेको सिपलाई उपयोग गरी स्वरोजगार बन्ने सोच बनाएको गौरीलाल पुनले बताउनुभयो । उहाँले भन्नुभयो “यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ । सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका छौँ ।”

बेरोजगार युवायुवतीहरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत सीपमूलक तालिम दिइरहेको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले तालिम मात्र दिँदैनौँ व्यावसायिक बनाउने योजनासहित काम गरिरहेका छौँ ।” 

तालिमबाट सिकेको सीपलाई तालिममा मात्र सीमित राख्नेभन्दा पनि सीपलाई आर्थिक उपार्जनसँग जोड्न उहाँले सबैलाई आग्रह गर्नुभयो । 

https://ujyaalonepalnews.com/archives/21718

Previous articleचालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे
Next articleमर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइनको निर्माण सकियो, अरू कहिले ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।