भारतले चिनी निर्यातमा रोक लगाएपनि नेपाली बजारमा चिनीको अभाव नहुने

काठमाडौँ । पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएपनि नेपाली बजारमा चिनीको अभाव नहुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उत्पादक सङ्घ, साल्ट ट्रेडिङ कर्पाेरेशन तथा नेपाल खुद्रा व्यवसायी संघका प्रतिनिधिसँग बिहीबार गरेको छलफलमा चिनी उत्पादक सङ्घले पर्याप्त मौज्दात रहेको जनाउँदै चिनीको अभाव नहुने जनाएको हो । 

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाए चिनीको मूल्य भने बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै २० रुपैयाँले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको थियो ।       

छलफलमा भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको भएपनि उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको चिनी उत्पादकले बताएको महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिनुभयो ।  

चिनी उत्पादक सङ्घले पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानीमा असर परेको भन्दै उद्योगबाट प्रतिकिलो ९३ रुपैयाँ ८३ पैसामा चिनी बिक्री गर्ने गरेको जनाएको छ ।  

यसअघि प्रतिकिलो ९० रुपैयाँमा पाइने चिनी भारतको प्रतिबन्धपश्चात् ११० रुपैयाँ पुगेको छ ।   

https://ujyaalonepalnews.com/archives/21728

Previous articleपर्साका पालिकाहरू परिषद्को तयारीमा
Next articleशिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।