Home Uncategorized विदेश पठाइदिने भनी रु २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

विदेश पठाइदिने भनी रु २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गर्ने बारा सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ कार्कीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । उहाँले कार्कीबाट ठगीएका अरु व्यक्ति भए सम्पर्कमा आउन आग्रह गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/21744

Previous articleनारायणी नदिमा चार लेनको पुल बनाउन ठेक्का खुल्दै
Next articleसामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।