Home Uncategorized निस्सासिएर दुईको मृत्यु

निस्सासिएर दुईको मृत्यु

चितवन- माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई रहेका छन् ।

कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरकी रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा इनारभित्र पसेका गुरुङ निसासिएपछि उनको उद्वारका लागि गएका राईको डोरी चुडिँदा उनीहरु पानीमा डुबेका थिए ।

पानीमा डुबेका उनीहरुको अक्सिजन कमी भएर मृत्यु भएको अनुमान गरिएको छ । इनारको पानी फाली उनीहरुको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/21759

Previous articleजिप दुर्घटनामा २ जनाको मृत्यु
Next articleसरकारले एसपिपी खारेज गर्नुपर्छ : अध्यक्ष नेपाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।