सार्वजनिक बिदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

काठमाडौं ।नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिनुभयो ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ । जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ ।

https://ujyaalonepalnews.com/archives/21843

Previous articleघरजग्गा धितो राखेर कर्जा नदिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
Next articleविभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।