बबईको नीति तथा कार्यक्रम सार्वजनिक 

दाङ । दाङको बबई गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बबईको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

गाउँपालिकाले ‘हाम्रो उत्पादन हाम्रो बजार समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्मनिर्भर स्थानीय सरकार’ भन्ने नारालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ । 

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा राखिएको छ । कृषिको वृद्धिका लागि गाउँपालिकाले कृषिको दिगो विकासका लागि कृषिमा आधारित कृषि अनुदान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । यस्तै सित भण्डार निर्माण तथा प्रोत्साहनका कार्यक्रमका लागि बजेटको व्यवस्था गर्ने उल्लेख गरिएको छ । 

त्यस्तै उद्योगलाई प्रवद्र्धन गर्नलाई एक वडा एक उद्योग कार्यक्रम गर्नका लागि आवश्यक कार्ययोजना निर्माण, कार्यक्रम तथा योजना बनाउने उल्लेख गरिएको छ । गाउँपालिकाको पञ्चकुले, हापुरे र हंसपुर क्षेत्रको विकासका लागि अध्ययन गर्ने पनि उल्लेख गरिएको छ । 

बबई क्षेत्रको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको विकास गर्ने र गाउँपालिकाभित्र रहेका सहकारीसँग समन्वय गरेर सहकारीसँग रोजगारी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा सञ्चालन गरिने उल्लेख गरिएको छ । त्यसैगरी हामी सबैको इच्छा, निःशुल्क र गुणस्तरीय शिक्षा भन्ने नारासहित सबै बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा र मावि तहसम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्ने उल्लेख गरिएको छ । 

७२ बुँदा रहेको नीति तथा कार्यक्रममा स्वास्थ्यको सुधारका लागि स्वस्थ आमा, स्वस्थ बच्चा नारासहित नवजात शिशु तथा मातृ मृत्युलाई कम गर्नलाई प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, बन वातावरण विषयलाई समेत समेटिएको छ ।   

https://ujyaalonepalnews.com/archives/21915

Previous articleपत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण
Next articleपोखराको नीति तथा कार्यक्रम : प्रत्येक वडामा एक उद्योगसम्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।