नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

काठमाडौं- नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र रहेको गोसाईले जानकारी दिनुभयो ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगेपछि गरिने बुझिएको छ ।

https://ujyaalonepalnews.com/archives/21925

Previous articleउम्मेदवारले खर्च विवरण नबुझाए कारबाही : आयोग
Next articleमूल्य निर्धारण गर्ने सन्दर्भमा सरकार संवेदनशील : मन्त्री बडू
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।