Home Uncategorized सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा उहाँले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिनुभएको थियो । प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानका रूपमा रहेको सिरियाको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घको विश्वसनीयता बढाएकामा शान्ति सैनिकलाई धन्यवाद दिनुभयो ।

निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मासहितको टोलीले सिरियाका सैनिक अधिकृत तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।-

https://ujyaalonepalnews.com/archives/21969

Previous articleपेट्रोल पम्पहरुमा अनुगमन
Next articleराष्ट्र बैङ्कको अध्ययन : ठेकेदारको कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना समयमै पूरा भएन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।