रोल्पा नगरपालिकाको बजेट ७९ करोड ८० लाख ७५ हजार

रोल्पा । रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७९ करोड ८० लाख ७५ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ ।

चालुतर्फ ४७ करोड ७ लाख र पुँजीगततर्फ ३२ करोड ७३ लाख ७५ हजार विनियोजन गरिएको छ । रोल्पा नगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेट ८० करोड २ लाख ९ हजार १ सय ७३ विनियोजन गरेकोमा हालसम्म ५० करोड ६२ लाख ९१ हजार ७ सय ६ रुपैयाँ खर्च भएको जनाएको छ ।

यस आर्थिक वर्षको अन्तिमसम्म थप करिब २५ करोड खर्च हुने अनुमान रहेको नगर उपप्रमुख गीता आचार्यले बताउनुभयो ।

२१ वटा नयाँ नीति तथा कार्यक्रमको बारेमा नगर प्रमुख सुरेन्द्र थापा घर्तीले प्रस्तुत गर्नुभयो । मुख्य गरी नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेको छ ।

https://ujyaalonepalnews.com/archives/22041

Previous articleतुलसीपुर उपमहानगरद्वारा एक अर्ब ८६ करोडको बजेट प्रस्तुत
Next articleम्याग्दीमा एउटै पालिकामा २१६ पहिरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।