हल्दिबारी गाउँपालिकाको बजेट ४६ करोड ४३ लाख

भद्रपुर, झापा ।  झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि ४६ करोड ४३ लाख ४४ हजार ६७० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

शुक्रवार आयोजित बाह्रौँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गाउँपालिकाका उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालु खर्चतर्फ ७ करोड १४ लाख ५० हजार, गाउँपालिका पुँजीगत खर्च २० लाख, सशर्त अनुदान सङ्घीय सरकार १७ करोड ५३ लाख, सशर्त अनुदान प्रदेश सरकार १२ लाख ३ हजार, समपूरक अनुदान सङ्घीय सरकार १ करोड, समपूरक अनुदान प्रदेश सरकार १ करोड र वडा स्तरीय कार्यक्रममार्फत १ करोड ९५ लाख रहेको छ भने अन्य विषयगत क्षेत्रअन्तर्गत आर्थिक विकासतर्फ १ करोड २ लाख, सामाजिक विकास ४ करोड ९२ लाख ८१ हजार ६७०, पूर्वाधार विकास १० करोड २३ लाख ५० हजार, वन वातावरण तथा विपद् व्यवस्थापन १५ लाख, सुशासन तथा संस्थागत विकास ३१ लाख ४० हजार, विविध कोषहरू ९५ लाख, समपूरक कोष ३० लाख, मर्मत कोष ४० लाख, साझेदारी कोष १० लाख र जनता उपचार कोषतर्फ १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हल्दिवारीको वाचा, झापाभरि माछा, किसानको खुसी पशुपालन र कृषि,फेरि पनि घुम्न जाऊँ हल्दिवारी गाउँ, एक सहकारी एक उत्पादन, हाम्रो लगानी घरघरमा स्वच्छ खानेपानी, एक घर एक माहुरीको घार, सबैलाई सीप सबैलाई रोजगार, हल्दिवारीका महिला विकासमा पहिला, समृद्धिका पालक हल्दिवारीका बालक, हामी सबैको इच्छा अनिवार्य निःशुल्क शिक्षा, बेसहाराको सहारा हल्दिवारी गाउँपालिका, दिगो विकासको आधार व्यवस्थित र जनमैत्री पूर्वाधार भन्ने शीर्षकमार्फत बजेट परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहालले जानकार दिनुभयो । 

झापा क्षेत्र नं ३ ‘ख’ का प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीले गाउँ सभाको उद्घाटन गर्नुभएको थियो भने अध्यक्ष रविन्द्र लिङदेनले नीत तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 

https://ujyaalonepalnews.com/archives/22070

Previous articleपर्वतका स्थानीय तहको बजेट: कृषि क्षेत्र प्राथमिकतामा
Next articleमिथिला नगरपालिकाले ल्यायो ५७ करोडको बजेट 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।