म सुकुटे बीच रिसोर्टमै वसिरहेको थिएँ । खोला तिरै हेरेर टहलिँदै थिए । सडकबाट गाडी झ्याम्मै खोलामा खस्यो । ठूलो आवाज आयो । होटलबाट दुर्घटनास्थल बिस मिटरको दुरीमा पर्छ । बस दुर्घटना भएको कन्फर्म हुन केही समयनै लागेन । तुरुन्त र्याफ्टिङ बोट निकालेर म सहित चार जना उद्दारको लागि खटियौं । घटनाको दुई मिनेट नपुग्दै घटनास्थल पुग्यौं ।
त्यहाँको दृष्य विभत्स थियो । सुनकोशी रातै भएको थियो । गाडी माथी फर्केर पल्टिएको थियो। दश जना जति उत्तानो परेको बसमाथी बसेर विलौना गरिरहेका थिए । नदीमा यात्रु बगिरहेका थिए । सुन्दा र त्यो आपत देख्दा कस्तो मन नै भन्न्कानिएर आउँछ । गहभरी आँसु आउँछ । यो दु:खद को घडी मा जती सक्छौ हामी उदार गर्न तिर लाग्यौं । पहिले गाडीको छतमा रहेकाहरुलाई उद्दार गर्यौं । कतिपयले गाडी भित्र आफन्त रहेको भन्दै बसबाट बाहिर आउन मानेन् ।

बलजफति उनीहरुलाई उद्दारा गर्यौं। गाडीले च्यापेका दुई शव म आफैले निकाले । गाडीको झ्यालबाट कसैले हात हल्लाईरहेको थियो। नजिक पुगेर मैले उसलाई ताने। ति महिलाको काखमा बच्चा समेत थियो । उनीहरु दुवैलाई सकुसल सडकमा निकाल्यौं । त्यत्तिकैमा पाँच छ वटा र्याफ्टिङ बोट नदिमा आए । बगिरहेका यात्रु यात्रुसम्म पुगेर उद्दार गरियो ।
Atmanirbhar Laghubitta IPO Result
ठेक्का लागेको तीन वर्षपछि सडक कालोपत्रे


