प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

0
42

काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/22125

Previous articleपाल्पामा छ अर्ब बढीको बजेट सार्वजनिक
Next articleपर्यटकको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज