कास्की । पोखरा पर्यटन परिषद्को आयोजनामा १७ औँ रोपाई महोत्सव पोखराको हेम्जामा हुने भएको छ । पोखरा २५ माई स्थानमा रहेको करिब १० रोपनी क्षेत्रफलमा १७ औँ असारे महोत्सव हुन लागेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

हेम्जाका तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्ण बहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको खेतमा परिषद्ले रोपाइँ महोत्सव गर्न लागेको बताए । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित नेपाल सबै सिजनमा ट्राभल गर्न उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव मनाउन लागिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
रोपाई महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम १७ औँ असारे रोपाइँ महोत्सवका संयोजक तथा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
साउने प्रतियोगिता, असारे रोपाई र तीन प्रतियोगिताको प्रथम र दोस्रो हुनेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्ने श्रेष्ठले बताउनुभयो । महोत्सव सम्पन्न गर्न करिब २४ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । ५ सय विदेशीसहित करिब १० हजारले महोत्सव अवलोकन गर्ने आयोजकको दाबी छ ।
https://ujyaalonepalnews.com/archives/22141


