राष्ट्रियसभाले पनि पारित गर्‍यो विनियोजन विधेयक

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा(एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/22156

Previous articleनागरिकता विधेयक धेरै दिन सदनमा नरहोस् भन्नेमा छौँ : गृहमन्त्री
Next articleउद्योगमन्त्री बडूद्वारा चोभार सुख्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।